मोरङमा साख गुमाउँदै जसपा

मधेसवादी दलहरूले स्थानीय तहको निर्वाचनमा मोरङमा अस्तित्व जोगाउनै संघर्ष गरिरहेका छन् । अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जनता समाजवादी पार्टी) ले अध्यक्ष र उपाध्यक्ष जितेको जहदा गाउँपालिकामा यसपालि दुवै पद कांग्रेसले जित्यो । प्रदेश १ का १४ जिल्लामध्ये मधेस आन्दोलनको उर्वर भूमि मोरङमा यसपटक जसपाले साख जोगाउन सकेन । मधेस आन्दोलनका क्रममा मोरङमा नौ जनाले सहादत प्राप्त गरेका थिए ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री गुमाउँदै मधेसवादी

२०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपा मिलेर निर्वाचन लडेका थिए । पछि, पार्टी एकता नै गरी जसपा भयो । गत निर्वाचनमा राम्रो परिणाम ल्याएको त्यही जसपा विभाजन भएर दुई समूहमा विभाजित छ ।जसपा नेतृत्व उपेन्द्र यादव र लोसपा महन्थ ठाकुरले नेतृत्व गरिरहेका छन् । मधेस प्रदेश मुख्यमन्त्री लालबाबु राउत पूरै कार्यकाल सत्तामा रहे । सुरुमा राजपाको सहयोगमा र पछि जसपा विभाजन भएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्रीमा रहिरहे ।पछिल्लो समय जसपा एमाले नेतृत्वको गठबन्धनमा सहभागीपछि प्रधानम

महन्थ ठाकुरको पार्टीले पायो वैधानिकता

जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ । बुधबार साँझ आयोगले महन्थ ठाकुर नेतृत्वको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।   ठाकुर पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।   जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टी विहिन अवस्थामा पुगेका महन्थ ठाकुर पक्षका नेताहरुले सरकारले २० प्रतिशत पु-याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन ...