अमेरिका प्रवेशका लागि विभिन्न १३ देशमा लागेको प्रतिबन्ध फुकुवा

काठमाण्डाै – अमेरिकाले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब विभिन्न १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् । यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनले घोषणाा गरेको थियो । पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर जो बाइडेनको प्रशासनले प्रतिब...