२८ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको एउटा मुख्य माग थियो- विधिसहितको सुशासन । त्यही मागलाई पुरा गर्ने आश्वासनसहित सुशीला कार्की प्रधानमन्त्री बनिन् । प्रधानमन्त्री बने लगत्तै उनले सरकारको प्रमुख कानुनी काम गर्ने महत्वपूर्ण महान्यायाधिवक्तामा सविता …
२८ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले दंगा नियन्त्रणका लागि छुट्टै विशिष्टीकृत युनिटको आवश्यकता रहेको भन्दै गृह मन्त्रालयमा प्रस्ताव पेस गरेको छ ।
दंगा नियन्त्रणबारे सशस्त्र प्रहरी बलले पेस गरेको प्रस्तावमा एसएसपीको कमान्डमा काठमाडौंमा छुट्टै दंगा नियन्त्रण गण बनाउनुपर्ने उल्लेख छ । अहिले सशस्त्र प्रहरीका गणहरूमा एसपीले कमान्ड गर्दै आएका छन् ।
पछिल्लो समय दुर्गा प्रसाईंदेखि जेनजी आन्दोलनमा देखिए जस्ता अराजक भिडलाई व्यवस्थापन गर्नुपर्ने चुनौती बढेपछि सशस्त्र प्रहरीले दंगा नियन्त्रणसम्बन्धी एउटा खाका तयार पारेर गृह मन्त्रालयमा पेस गरेको हो ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले सशस्त्रले दंगा नियन्त्रणका लागि प्रस्ताव पेस गरेको जानकारी दिए ।
सशस्त्रले पेस गरेको प्रस्तावमा कीर्तिपुरस्थित नं. १८ को निलबाराही गणलाई स्तरोन्नति गरी एसएसपीको कमान्ड रहने बनाउनुपर्ने उल्लेख छ ।
यो गणलाई दंगा नियन्त्रणकै लागि मात्रै प्रयोग गर्नुपर्ने प्रस्ताव सशस्त्र प्रहरीले गरेको छ । जसमा कम्तीमा पनि १ हजार जनशक्ति रहनुपर्ने उल्लेख गरिएको छ ।
यसका लागि कान्तिपथमा निर्वाचन आयोगको कार्यालयमा सुरक्षार्थ खटिएको सशस्त्रको गुल्मलाई गणमा स्तरोन्नति गर्नुपर्ने उल्लेख छ ।
जेनजी आन्दोलनको क्रममा काठमाडौं उपत्यकाका धेरै सरकारी संरचना ध्वस्त हुँदा निर्वाचन आयोगको कार्यालय भने जोखिएको थियो । सशस्त्र प्रहरीको युनिटले यो कार्यालय जोगाएको थियो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार आन्तरिक गृहकार्य गरेर केही सुधार गर्नुपर्ने विषयहरू समेटर गृहमा प्रस्ताव गरिएको बताउँछन् ।
जहाँ …
२८ कात्तिक, काठमाडौं । संसारमा सबैभन्दा धेरै परिमाणमा मुसुरो दाल उत्पादन गर्ने ‘टप टेन’ देशको सूचीमा नेपाल रहँदै आएको तथ्य नयाँ होइन । यो सूचीमा नेपाल परेको अहिले होइन, डेढ दशक नाघिसकेको छ ।
नेपाल अहिले …
काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सक्ने तरिकाले देश निर्वाचनमा जानुपर्ने बताएका छन्। नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘व्यवस्था, अवस्था र निकास’ विषयक कार्यक्रममा उनले अहिले उत्पन्न असन्तुष्टिहरू सम्बोधन गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए । उनले हालको निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दललाई सामान्य बहुमत दिलाउन नसक्ने परिस्थितिमा जेनजी […]
Kathmandu, Nov 14: Activists and intellects involved in the democratic movement shared their thoughts on the country's current issues, especially the election, during a discussion organized by the Democratic Thoughts Society in Kathmandu on Friday.Noted journalist and Prof Purushottam Dahal voiced support for holding the election, highlighting its importance in safeguarding the constitution. He stressed the need for a thorough analysis of the September 8-9 protests.President of the Confederation of Nepalese Teachers, Laxmi Kishor Subedi, argued the Gen Z movement erupted after the political parties failed to address public frustration.