रासायनिक मल माग गर्दै सप्तरीमा किसानको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

सप्तरी – सप्तरीका किसानले रासायनिक मल माग गर्दै प्रदर्शन गरेका छन् । आज बुधवार किसानले रासायनिक मलकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गरेका हुन् ।  सप्तरीका किसानले रासायनिक मलको माग गरेर केही दिनदेखि आन्दोलन गर्दै आएका छन् । गहुँ छर्ने बेलामा रासायनिक मल नपाएको उनीहरूको गुनासो छ । गहुँ बाली लगाउने बेला विशेष गरी डीएपी मलको माग बढी हुन्छ । कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले पालिकाको सिफारिसमा मल दिँदै आएको बताउनुभएको छ । स...

सम्बन्धित सामग्री

किसानले गरे सिडियो कार्यालय घेराउ

विद्यानन्द राम, राजविराज । रासायनिक मल नपाएको भन्दै आक्रोशित सप्तरीका किसानहरुले बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । दुई सातादेखि निरन्तर धाइरहँदा पनि कृषि सामग्री कम्पनी लिमिटेड र सहकारीहरुले रासायनिक मल नदिएपछि किसान आन्दोलित भएका हुन् । राजविराजस्थित तेतरीगाछीबाट सयौंको संख्यामा किसानले निकालेका जुलुस पसलहरु बन्द गराउँदै नेता चोक, गजेन्द्र चोकलगायतका स्थानमा टायर बालेर […]