विराटनगर : पछिल्लो समय कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय मोरङले नै स्वास्थ्य मापदण्ड पूरा गरेको छैन। कार्यालयले सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड पालना र भौतिक दूरी कायम नगरी सेवा दिइरहेको छ ।बिहीबार दिँउसो कार्यालयमा नागरिकता लिन पुगेका सेवाग्राहीहरूको घुइँचो थियो। घुइँचोमा रहेका केहीले मास्क लगाएका थिएनन्। लाइनमा बसेकाहरूले भौतिक दूरी कायम गरेका थिएनन्।यस्तै‚ विराटनगर महानगरपालिका-४ बरगाछीमा रहेको परीक्षा बोर्डको कार्यालय परिसरमा बिहीबार दिनभरि विद्यार्थीहरूको घुइ