कांग्रेस महाधिवेशनः साउन १२ को वडा अधिवेशन स्थगित, महाधिवेशन भने तोकिएकै मितिमा हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत साउन १२ गते हुने भनिएको वडा अधिवेशन स्थगित भएको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यतालिकाअनुसार साउन १२ गते वडा अधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको हो। कार्यतालिकाअनुसार साउन १२ मा वडा अधिवेशन सम्भव नदेखिएपछि तत्काल स्थगित गर्ने निर्णय भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन्। […]