दाङको तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीको बगैंचामा फुलेको आँपको मञ्जरी । आँपको मञ्जरीले रुख नै ढाकेको छ । आँप धेरै फुले पनि यसलाई जोगाउन भने चुनौती रहेको छ । असिना, पानी, हावाहुरीले असर नगरेमा यस वर्ष आँप उत्पादन अत्यधिक वृद्धि हुने कृषकको भनाइ छ । तस्वीर : रासस
दाङ - विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरी) को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो ।
विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि यस वर्ष करिब ५० क्विन्टल मात्रै उत्पादन भएको स्थानीय प्रवीर पुनले बताउनुभयो । 'विगतमा वर्षमा पाँच सय क्विन्टलसम्म हामीले मल्लागिरी ब...
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । एक साता अघि आएको हावाहुरीले छानो उडाएपछि विद्यालयको पठनपाठन समेत ठप्प छ । गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाले बताए । तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदै आएको विद्यालयमा अहिले […]
दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ । गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदै आएको थियो । अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । ‘परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ’, उनले भने
दाङ : दाङमा मंगलबार दिउँसो हावाहुरीसहित परेको पानीले टमाटर खेतीमा क्षति भएको छ।तुलसीपुर उपमहानगरपालिका–३ मा भट्टे कृषि सहकारी संस्थाको टमाटर खेती नष्ट भएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित सहकारीले गरेको टमाटर खेती हावाहुरीसहित परेको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिए।करिब डेढ बिगाहा जग्गामा लगाएको टमाटरमध्ये १ सय ४० वटा टनेलको टमाटर नष्ट भएको उनले बताए। उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत ५० लाख रूपैयाँको लागतमा टमाटर खेती गरि
दाङ – बुधबार परेको असिनापानीले तुलसीपुर उपमहानगरपालिका -१३ बखरियाका किसानले करिब ३० बिगाह क्षेत्रफलमा लगाएको तरकारीमा क्षति पुर्याएको छ । असिनासहितको पानी र हावाहुरीले तरकारी खेतीमा क्षति पुर्याएको स्थानीय शिशिर रावतले जानकारी दिनुभएको छ ।
लकडाउनका कारण विभिन्न समस्या व्यहोर्दै आएका किसाहरू तराकारी खेती असिनाले सखाप बनाएपछि निराश बनेका छन् । बखरियामा करिब ३० बिघा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । त्यहाँ लगाइएको टमाटर, खुर्सानी, भेडे खुर्सानीलगायतमा अस...
दाङ : आइतबर राति आएको हावाहुरीले तुलसीपुर–१२ हरीपौरीमा ८०० कुखुरा मरेका छन्। हावाहुरीले सम्झना लेस फर्मको कुखुराको खोर भत्किँदा कुखुराका मरेको हुन्।
उक्त फर्ममा रहेका एक हजार कुखुरामध्ये २०० वटा कुखुरा मात्र जीवित रहेकाे स्थानीय शिक्षक कालिचरण चौधरीले जानकारी दि। छन्। कुखुरा मर्दा करिब १० लाख रुपैयाँ बराब...