स्पेनको महिला फुटबल टोलीमा १५ खेलाडीको विद्रोह

मुख्य परीक्षक जर्ज भिल्डालाई नहटाए १५ जना खेलाडीहरुले राष्ट्रिय टोलीबाट राजीनामा दिने चेतावनी दिएको स्पेनको फुटबल फेडरेसनले जानकारी दिएको छ । भिल्डाको कार्यकालमा उनीहरुको मानसिक अवस्था र स्वास्थ्यमा असर परेको खेलाडीहरूले दाबी गरेको फेडरेसनको भनाइ छ । यद्यपि, फेडरेसनले खेलाडीहरुलाई मुख्य प्रशिक्षकको निरन्तरतालाई प्रश्न गर्ने अवसर नदिने स्पष्ट पारेको छ ।यस्तो कार्य फुटबल र खेलकुदको मान्यताभन्दा बाहिर रहेको फेडरेसनको भनाइ छ । ‘यो कुरा उनीहरुको अधिकार क्षेत्रभित्र पर्दैन’ फेडरेसनले भनेको