काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले फोन गरेर बधाई दिनुभएको छ ।
आज बेलुका फोन गरेर विक्रमासिङ्घेले प्रचण्डलाई बधाई र सफल कार्यकालको शुभकामना दिनुभएको हो ।
नेपाल–श्रीलङ्काको मैत्रीपूर्ण सम्बन्ध प्रचण्डको नेतृत्वमा थप सुमधुर हुने अपेक्षा रहेको विक्रमासिङ्घले बताउनुभएको थियो ।
प्रचण्डले पनि श्रीलङ्कासँगको स्वार्थरहित सम्बन्ध थप मजबुत हुने विश्वास रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।