समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवामा परिवर्तन

काठमाडौं  । समृद्धि फाइनान्सले साविकमा ग्राहकलाई प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई एफवान सफ्ट इन्टरनेशनल प्रालिको ‘बैंकस्मार्ट मोबाइल बैंकिङ’मा परिवर्तन गरेको छ । अब फाइनान्सका ग्राहकले मोबाइल बैंकिङबाट एनसीएचएलको नेपाल पे क्यूआर मर्चेन्टका साथै फोन पेको क्यूआर मर्चेन्टमा पनि भुक्तानी गर्न सक्नेछन् । समृद्धि फाइनान्सले हाल आठ शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सेवासुविधा समेत प्रदान गरिरहेको छ ।