आईजीपी नियुक्ति विवाद : सरकार पक्षका वकिलले भने– ‘बिदा बसेर अन्तरिम आदेश माग्ने ?’

आईजीपी नियुक्ति विवादमा बुधवार सर्वोच्च अदालतमा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा लामो बहस भएको छ । अदालतले सूचना नै नदिइकन सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खाती बहसका लागी इजलासमा पुगेका थिए । आईजीपी धीरजप्रताप सिंहको तर्फबाट निजी कानुन व्यवसायीले पनि बहस गरेका छन् ।आईजीपी नियुक्ति विरुद्ध वैशाख १९ मा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । मुद्दामा बहस गर्दै पोखरेल पक्षका कानुन व्यवसायीले उनी १६ महिना सिनियर रहेको उल्लेख गर्दै आईजीपी नियुक्त