प्राधिकरणका कारण ३० आयोजनाको ५०० मेगावाट विद्युत खेर, प्रवर्द्धक भन्छन्- 'तालाचाबी बुझाउँछौ'

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बताएको छ । इप्पान कार्यालय कमलादीमा आयोजना गरिएको ‘लोड घटाउन बाध्य पारिएका आयोजनाका प्रवर्द्धकहरूसँग इप्पानको छलफल’मा सहभागी प्रवर्द्धकहरूले आधा क्षमतामा आयोजना चलाएर बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको बताएका छन् । इप्पानका अध्यक्ष गणेश कार्किले विद्युत प्राधिकरणको नाफा थोरै घट्दा केही फरक नपर्ने तर, एउटा विद्युत आयोजना डुब्दा त्यसको चेन अफ इफेक्ट धेरै ठाउँमा पर्ने बताए । बिजुली विक्री हुँदैन भनेपछि नयाँ आयोजनालाई पनि बैंकले पैसा नदिने अध्यक्ष कार्कीको चिन्ता छ । प्राधिकरणले टेक अर पे भनेर विद्युत खरिद विक्री सम्झौता (पीपीए) गरिसकेपछि आयोजना बन्द भएपनि  त्यसको पैसा दिनुपर्ने कार्कीले बताए ।  इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले ४० लाख सर्वसाधारण लगानीकर्ता र सबै बैंकहरूको लगानी रहेको यो क्षेत्रलाई खेलाँचीका रुपमा लिएको बताए ।  ‘४० करोड रुपैयाँ पूँजी रहेको कम्पनीको २२ करोड रुपैयाँको विद्युत खेर फालेपछि कम्पनी कसरी चल्छ ?’ उनले प्रश्न गर्दै भने, ‘अहिले ३० आयोजनाको ५०० मेगावाट विद्युत प्राधिकरणले खेर फालिरहेको छ ।’  इप्पानका सल्लाहकार तथा ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले प्रसारणलाइनको क्षमता हुँदाहुँदै बदनियतपूर्ण ढंगले विद्युत प्राधिकरणले विद्युत खेर फालेको बताए । पहिले लोडसेडिङको तालिका प्रकाशन गर्ने प्राधिकरणले अब भने आयोजना बन्द गर्ने तालिका निकाल्नुपर्ने उनले बताए । ‘तालिका निकालेर बन्द गर  भनेमा ६ महीनासम्म पनि आयोजना बन्द गर्न तयार छौ, त्यो अवधिको पैसा भने प्राधिकरणले दिनैपर्छ ।’ उनले भने । एउटै खोलामा बनेको चमेलिया पूर्ण क्षमतामा चलाउने प्राधिकरणले अपि पावरलाई भने आधा क्षमतामा चलाउन नराम्रो भाषा प्रयोग गरेर निर्देशन दिने गरेको न्यौपानेको भनाइ छ । 'विद्युत विक्री गर्न नसक्ने अवस्थामा प्राधिकरणले निजी क्षेत्रका मात्रै आयोजना बन्द गराउने हो कि, आफ्ना आयोजना पनि बन्द गर्नुपर्छ ?' उनले प्रश्न गर्दै भने । इप्पानका अर्का सल्लाहकार तथा सुपरदोर्दी ख जलविद्युत आयोजनाका प्रवर्द्धक अर्जुन गौतमले विद्युत खरिद विक्री सम्झौतामा उल्लेख गरिएका बुँदाअनुसार प्राधिकरणले आयोजनालाई पैसा तिर्नुपर्ने बताए । प्राधिकरणको गैरजिम्मेवारीपनका कारण विद्युत  खेर जाने अवस्था आएको भन्दै संसोधित पीपीए मान्य नहुने पनि  उनको भनाइ छ । दोर्दी करिडोरमा ३६० मेगावाट विद्युत प्रवाह  हुने प्रसारणलाइन भएपनि प्राधिकरणले २७७६ मेगावाटका आयोजनाको पनि आधा विद्युत मात्रै खरिद गरिरहेको उनले बताए । इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले ७० प्रतिशत कर्जा लगानी गरेका बैंकलाई थाहै नदिएर लोड घटाउने सम्झौतामा अस्ताक्षर गराउनु गैरकानूनी भएको बताए । छलफलमा सहभागी प्रवर्द्धक सुजन पौडेलले हिउँदमा १५ प्रतिशत मात्रै चलेको आयोजनालाई वर्षामा पनि २०/२२ प्रतिशत भन्दा बढी क्षमतामा चलाउन विद्युत प्राधिकरणले नदिएको बताए ।  प्राधिकरणले पीपीए गर्नुभन्दा पहिला कनेक्सन एग्रिमेन्ट गराउँदा ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनलाई देखाएर विद्युत  प्राधिकरणले लोड तलमाथि गराउन सक्नेछ भन्ने बुँदा राखेकोले उक्त बुँदा खारेज गर्नुपर्ने पनि  पौडेलले बताए । बुटवल पावर कम्पनी उत्तम अमात्यले गत वर्ष ६ महीनासम्म न्यादी आयोजनाबाट एक  युनिट पनि  विद्युत उत्पादन गर्न नपाएकोमा यो वर्ष पनि आयोजनालाई पूर्ण क्षमतामा चलाउन नदिएको बताए । अर्का प्रवर्द्धक मोहन कार्कीले वार्षिक १२/१५ अर्ब रुपैयाँ नाफा गरिरहेको प्राधिकरणलाई २/३ अर्ब कम नाफा भएर केही फरक नपर्ने भएपनि  निजी क्षेत्रका प्रवर्द्धकलाई डुबाउन प्राधिकरण लागि परेको बताए । प्राधिकरणको भार प्रेषण केन्द्रबाट फोन गरेर लोड घटाउन भन्ने र आयोजनाले लोड नघटाएमा केन्द्रबाटै स्वीचअफ गर्नेसम्मका घृणित काम भएको कार्कीले बताए । इप्पान अयाध्यक्ष भरतबहादुर खत्रीले प्राधिकरणको अन्यायविरुद्ध अदालत जानुपरेपनि जानुपर्ने बताए ।  अध्ययनका लागि ९ सदस्यीय कमिटि गठन लोड घटाउन बाध्य पारिएका आयोजनाको तथ्याङ्क संकलन गरेर प्रतिवेदन तयार पार्न इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । समितिमा इप्पानको तर्फबाट लामासँगै कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, सदस्य मिथुन पौडेल छन् भने प्रवर्द्धकका तर्फबाट करिडोर अनुसार ६ जना सदस्य राखिएको छ । जसमा अर्जुनप्रसाद गौतम, सुजन पौडेल, सतिश न्यौपाने, बीरबहादुर घले, मोहन कार्की र उत्तम अमात्य सदस्य रहेका छन् ।

सम्बन्धित सामग्री

मध्यभोटेकोशी आयोजनाको विद्युत खेर जाने अवस्था

समयमै सवस्टेशन निर्माण नहुँदा सिन्धुपाल्चोकमा निर्माण भइरहेको एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी आयोजनाको जलविद्युत खेर जाने अवस्था आएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माण भैरहेको मध्यभोटेकोशीको विद्युत काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन कूल २२०/१३२ केभी क्षमताको सो सवस्टेशन निर्माण तत्काल सम्पन्न नभए विद्युत खेर जाने अवस्था …

मध्य भोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने चेतावनी

नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्य भोटेकोसीको विद्युत खेर जाने अवस्था आएमा मध्य जलविद्युत आयोजनाको विद्युत बिक्रीबाट दैनिक रूपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको छ । कूल एक सय दुई मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएर सवस्टेशनका अभावमा बिजुली खेर गएको अवस्थामा […]

वर्षा र दशैं बिदाका कारण ८ सय मेगावाट बिजुली खेर

काठमाडौं । दशैंको बेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८ सय मेगावाट विद्युत खेर गइरहेको छ । दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी परेर चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको हाे । तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८ सय मेगावाटको […]

भारतले निर्यात सहमति नदिँदा दैनिक ८०० मेगावाट विद्युत खेर

१९ असोज, काठमाडौं । दशैंको वेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गइरहेको छ । दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ । तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८०० मेगावाटको […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट दसैँको टीका ग्रहण गरेकी छन्। भारतले निर्यात सहमति नदिँदा दिनहुँ ८०० मेगावाट विद्युत खेर गइरहेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई टीका लगाइदिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ।

दोलखाबाट पाँच सय मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको सबैभन्दा ठूलो जलविद्युत आयोजना गत वर्ष विद्युतको राष्ट्रिय प्रणालीमा जोडियो । वर्षात्का बेलासमेत भारतबाट खरिद गरेर वितरण गरिरहेको बेला माथिल्लो तामाकोसी सहितका आयोजना पूरा भएपछि गत वर्षको वर्षात्मा पाँच सय मेगावाट विद्युत खेर गयो ।तर यही बेला औद्योगिक क्षेत्रमा समेत पहिलो पटक १३२ केभी प्रसारण लाइनमार्फत विद्युत जोडिँदै आएको […]

नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने

काठमाण्डाै – नेपालमा खेर गइरहेको बिजुली बंगलादेशले खरिद गर्ने भएको छ । यसैगरी नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता पीपीए गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने तयारी गरेको छ ।   नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाट विद्युत खेर गएको थियो। यसबाट ५ अर्ब रूपैयाँ नोक्सान भएको छ। पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित विद्युत खेर गइरहेको हो।  बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेश...

बिजुलीको नालीबेली : प्रसारणलाइन र उद्योगधन्दामा प्रयोग नहुँदा खेर जाँदै

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन थालिएपछि नेपालमा खपतभन्दा बढी विद्युतीय ऊर्जा उपलब्ध छ । छिमेकी मुलुक भारतलाई ३९ मेगावाट बिजुली बेच्न थालिएको छ । प्रसारणलाइन अभावमा अहिले १०० देखि ३०० मेगावाट विद्युत खेर गइरहेको छ । धेरैलाई लाग्नसक्छ– उसो भए के भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता हटेको हो ? हिउँद र बर्खायाम दुवै सिजनमा हामी बिजुलीमा आत्मनिर्भर भइसकेका हौं ? निर्माणाधीन आयोजना सम्पन्न भएपछि उत्पादन हुने सबै बिजुली बेचेर नेपालले अर्बौं रुपैयाँ कमाउने बाटो खु

लोडसेडिङ हटेसँगै विद्युतीय सामग्री आयात र प्रयोग बढ्यो

नेपालमा विद्युत उत्पादन बढेर लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र प्रयोग बढ्न थालेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत खेर जान थालेको छ ।हाल नेपालमा १७ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन भइरहेको छ । विद्युत खपत क्षमता भने १३ सयदेखि १४ सय  मेगावाट आसपास हो । यो तथ्यांकले नेपालको मागभन्दा बढी विद्युत उत्पादन भइरहेको पुष्टि गर्छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्राईले अहिले पनि दैनिक २०० मेगावाटदेखि ५०० मेग