इरानको नयाँ विधेयकले उकालो लाग्यो तेल, होर्मुजमा अमेरिकी र इजरायली जहाज रोक्ने प्रस्ताव

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार ३ डलरभन्दा बढीले बढेको छ। इरानी संसद्को एक समितिले होर्मुज जलडमरूमध्यबाट अमेरिकी, इजरायली तथा इरानले शत्रुतापूर्ण मानेका अन्य मुलुकका जहाज सञ्चालनमा प्रतिबन्ध लगाउने विधेयकमाथि छलफल सुरु गरेपछि तेल बजारमा नयाँ तनाव देखिएको हो। उक्त प्रस्तावअनुसार प्रतिबन्ध उल्लंघन गर्ने जहाजलाई बोकिएको कार्गोको मूल्यको २० प्रतिशतसम्म जरिवाना लगाउने व्यवस्था राखिएको छ। […]