महेन्द्रनगर– चट्टानी पहाड, भौगोलिक विकटता तथा अवरोध नहुँदा पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन । पटक/पटक ठेक्काको म्याद थपेर निर्माण व्यवसायीलाई काम गर्ने मौका पनि दिइयो । स्थानीयवासीदेखि सांसद, मन्त्रीदेखि राजनीतिज्ञहरुले समेत काम समयमा सम्पन्न गराउन आग्रह गरे तर अझै हुलाकी सडक नयाँ ठेक्का प्रक्रियामा रुमलिएको छ । […]