साउदी अरेबियाको लगानी भित्रिएयता न्युकासल युनाइटेड मंगलबार पहिलो पटक लिगकप फाइनल नजिक पुगेको छ । जोलिनटनले ७३ औं मिनेटमा गरेको गोलमा न्युकासल लिगकप सेमिफाइनलमा पहिलो खेलमा साउथह्याम्पटनलाई १–० ले हरायो ।
म्यानचेस्टर युनाइटेडले सन् २०१७ यता पहिलो उपाधि जित्ने क्रममा आइतबार वेम्बलीमा लिगकप उचालेको छ । प्रतियोगिताको फाइनलमा उसले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेसँगै कप जित्न सफल भएको हो ।