बाग्मती सरकारबाट एमाले बाहिरियाे

काठमाण्डाै – बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आज शुक्रवारको प्रदेश सभा बैठकमै एमाले संसदीय दलका नेता तथा आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा बुझाउँदै मन्त्रीहरू बाहिरिएको जानकारी गराउनुभएको हो । सरकारमा एमालेका चार जना मन्त्री थिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक चलिरहेको अवस्थामा एमाले सरकारबाट बाहिरिएको हो । अब एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने जनाएको छ । यसअघि बुधवार विश्वासको मत लिने ...

सम्बन्धित सामग्री

मधेश सरकार अल्मपतमा, एमाले पनि बाहिरियाे

मधेश प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएकाे छ । एमालेबाट सरकारमा रहेका चार मन्त्री र दुई राज्यमन्त्रीले मुख्यमन्त्री सराेजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।

मधेश सरकारबाट बाहिरियाे एमाले, पाँच मन्त्रीले दिए राजीनामा

काठमाडौं– मधेशप्रदेशका पाँच मन्त्रीले राजीनामा बुझाएका छन् । एमालेबाट मन्त्री भएकाहरुले मुख्यमन्त्रीसमक्ष राजनीमा दिएका हुन् । मन्त्रीहरुको राजीनामा स्वीकृत भएसँगै यो प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले सरकारबाट बाहिरिनेछ। मन्त्रीहरुले मुख्यमन्त्री रामसरोज यादवसमक्ष राजीनामा बुझाएका हुन् । केन्द्रमा सत्ता...