मनाङ कारागारमा दुई जनामात्र कैदीबन्दी

मनाङ : कारागारमा दुई जनामात्र कैदीबन्दी रहेका छन्। कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन्।एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए। उनका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन्।हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ। देशकै कम कैदीबन्दी रहने मनाङमा तराई क्षेत्रमा