काठमाडौं : जापानको मध्य प्रान्त नागानोमा हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा चार जनाको ज्यान गएको छ। मृत्यु हुनेमा दुई प्रहरी अधिकारी पनि छन्। आक्रमणकारी नगरसभा सभामुखको छोरा भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। संदिग्ध ३१ वर्षीय मसानोरी आओकी नगर सभाका सभामुख मासामिची आओकीको जेठा छोरा भएको प्रहरी अधिकारीले जनाएका छन्। उनले आमालाई पनि आक्रमणको प्रयास गरेपछि भागेर ज्यान बचाएकी थिइन्। आक्रमणकारीले सुरुमा एक जना म