दुई वर्षभित्र दूध उत्पादनमा आत्मनिर्भर बन्छौँ : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् । विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्ने उनले बताइन् ।मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोसमेत बताइन् । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को ब

सम्बन्धित सामग्री

निषेधाज्ञामा किसानको समस्या सम्बोधन हुन्छ : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरणको काम भएको बताएकी छिन्। बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेको गतवर्षको अवस्थाबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको जनाइन्। मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, बीउबिजन लगायतको सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन्।

स्याङ्जामा अक्सिजन अभाव हुन दिने छैन: मन्त्री अर्याल

हिमाल जि.सी, काठमाडौ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्यमा कुमारी अर्यालले गृह जिल्ला स्याङ्जामा अक्सिजनको अभाव हुन नदिने बताउनु भएको छ ।कोरोना भाइरसको दोस्रो संक्रमणका कारण देशभरि अक्सिजनको अभाव भइरहेको बेला मन्त्री अर्यालले एक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । मदन आश्रितको २८ औ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) स्याङ्जाले आयोजनामा भर्चुल कार्यक्रमलाई […]

कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता भएको बताएकी छन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकीकरण : आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उनले कृषिमा यान्त्रिकीकरण अहिलेको प्रमुख आवश्यकता भएको औंल्याएकी हुन् । कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको भन्दै मन्त्री अर्यालले कृषिप्रधान देशमा यो निकै कम रहेको बताइन् । यसलाई बढाउँदै लैजाने योजना मन्त्रालयको रहेको जानकारी उनले दिइन् । परम्परागत कृषिको व्यावसायिकीकरण र आधुनिकीकरण गर्न विशेष जोड दिनुपर्ने उनले बताइन् । कृषिको यान्त्रिकीकरणका लागि नीति बनिसकेकाले सोही नीति अनुसार काम अघि बढ्ने कृषि मन्त्रालयले बताएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाबाटै कृषिमा आत्मनिर्भर बनाउने योजना अनुरूप हाल ७१ ओटा जोन र सुपर जोन घोषणा भएका छन् । साथै कृषि उत्पादन बढाउन बल्क र पकेट क्षेत्र कार्यक्रम समेत विस्तार गर्ने मन्त्रालयको योजना छ । कृषि उत्पादनको बजारीकरणका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रममा स्थानीय हाटबजारको निर्माण, एक पालिका : एक कोल्ड स्टोर, एक पालिका : एक नर्सरी निर्माण लगायत योजना अगाडि सारेको छ । साथै मन्त्रालयले इजरायलबाट नेपालमा उच्चस्तरका कृषि प्रविधि भिœयाउन दुई देशबीच समन्वय गर्दै अघि बढ्ने योजना समेत आगामी वर्षका लागि तयार गरेको छ । कार्यक्रममा नार्कका वैज्ञानिक श्रीमत श्रेष्ठले सबै किसानले यन्त्र÷उपकरण किन्न नसक्ने भएकाले त्यसका लागि सरकारले भाडामा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

कृषिमा नयाँ कार्यक्रम सञ्चालन हुन्छ :  कृषि मन्त्री अर्याल

वैशाख ५, काठमाडौं  । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्याकुमारी अर्यालले गत वर्ष सञ्चालन भएका तर प्रभावकारी बन्न नसकेका कृषि कार्यक्रमको निरन्तरता दिन नसकिने बताएकि छन्। आउँदो आर्थिक वर्ष २०७७/ ७८ मा कृषि बजेट, नीति तथा कार्यक्रमका सन्दर्भमा आइतवार मन्त्रालयमा आयोजना गरिएको छलफल कार्यक्रममा उनले अनुत्पादक क्षेत्रमा लगानी भएका कृषि र पशुपालन क्षेत्रका कार्यक्रम निरन्तरता हुन नसक्ने तर फरक रुपमा नयाँ कार्यक्रम सञ्चालन हुने जानकारी दिइन्।            छलफलमा सहभागी सांसदले प्राङ्गारिक मल उत्पादन र प्रयोगमा जोड, अनुदानका कार्यक्रममा विशेष ध्यान, गैरकिसानले लिने गरेका अनुदान रोक्नुपर्ने, विभिन्न समयमा आउने विपद्बाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने एवं बजेट रकम स्थानीय तहबाट मात्र वितरणको व्यवस्था हुनुपर्ने, कृषि उत्पादनको बीमा कार्यक्रम प्रभावकारी हुनुपर्ने बताएका थिए।            कार्यक्रममा सांसद खगराज अधिकारी, विद्या भट्टराई, सुजिता शाक्य, माया ज्ञवाली, शान्ति पाख्रिन, कोमल वली, थममाया थापा मगर, दलबहादुर रानाले सुझाव राखेका थिए । रासस

चुनाव कसैले नसोचेको तरिकाले हुनेछ : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आगामी वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुने बताएकी छिन् । अखिल नेपाल महिला सङ्घ काभ्रे जिल्ला कमिटीको आज बनेपामा भएको जिल्लास्तरीय बैठक तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला भोट बैंक भएकाले त्यसलाई निष्कलङ्करुपमा पार्टीलाई बहुमत ल्याउने तरिकाले लाग्न आग्रह गरिन् । उनले पार्टीभित्र पनि प्रतिस्पर्धा हुने भएकाले महिला मुक्ति र अधिकार स्थापित गर्नको लागि महिलाले अब इतिहासको गाथा गाएर मात्रै नहुने भएकाले क्षमता प्रदर्शन गरेर प्रतिस्पर्धामा उत्रनका लागि आफैँ सक्षम ह...

किसानलाई परिचयपत्र वितरण गर्छौंः मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग आज आयोजित कार्यक्रममा उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको बताइन् । “किसानको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं, वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँछौँ”, मन्त्री अर्यालले भनिन् , “आगामी फागुनदेखि

फुटेर होइन जुटेर अगाडि बढौँ : मन्त्री अर्याल

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न जरुरी रहेको बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आयोजनामा आज स्याङ्जाको भिरकोटमा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उनले आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समूहलाई सडकबाट फर्केर आउन आग्रह गरिन् । “पार्टीले कारवाही गरेको छैन, पार्टी सदस्यताबाट हटाएको छैन, तपाइँहरु जहाँ पुगे पनि फर्केर आउनुहोस्”, मन्त्री अर्यालले भनिन्, “कमरेड प्रचण्ड, पार्टी ए

अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री अर्याल

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक(जैविक) खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायको जानकारी लिने क्रममा आज कृषि विभाग र पशु सेवा विभागमा पुगेर मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्न सक्ने अवस्था अहिले नै नभए पनि यसलाई विस्तारै कम गर्दै लैजानुपर्ने बताइन् ।  “अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ, रासायनिक मलको प्रयोग अहिले भर्खरै