निषेधाज्ञामा बजारभाउ सामान्य बढ्यो

बजारभाउ निषेधाज्ञामा सामान्य बढेको छ । खाद्यान्न मौज्दात पर्याप्त भए पनि कोरोनाको कारण मूल्य बढेको वाणिज्य विभागका सूचना अधिकारी शिवराज सेढाईले गोरखापत्र अनलाइनलाई बताउनुभयो । उहाँका अनुसार बजार मूल्य वृद्धिमा तेलको मूल्य भने अकासिएको र त्यसको अनुगमन भइरहेको छ । मूल्य वृद्धिबारे सूचना अधिकारी सेढाईले भन्नुभयो, ‘सामान्यः बजार मूल्य बढेकै हो, हामी निरन्तर अनुगमनमा छौँ ।’ उहाँले अर्को हप्तादेखि किराना पसल खुल्ने बताउनुभयो ।