काठमाण्डाै – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम ठगी गरेको अभियोगमा पक्राउ परेकाहरूको बयान सकेपछि प्रहरीले आज साेमवार अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । जिल्ला प्रहरीले परिसर काठमाण्डौले हिजो आइतवार नै प्रतिवेदन बुझाउने भने पनि प्राविधिक कारणले ढिलो भएको जनाएको छ ।
आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा प्रतिवेदन बुझाउने प्रहरीले जनाएको छ । अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार पार्न सरकारी वकिलको कार्यालयले आठ सदस्यीय कार्यदल बनाइसकेको छ ।...