जीतपुर सिमरा गोल्डकपः आयोजकलाई हराउँदै एनआरटी फाइनलमा

वीरगंज: आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनजागृतिलाई ३–२ ले पछि पार्दै एनआरटी फाइनलमा प्रवेश गरेको हो। एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओलोमउले एक गोल गरे।…