निःशुल्क उपचारका नाममा बिरामीमाथि निजी अस्पतालको लुट, यी हुन् ती १० अस्पताल

काठमाडौं : ४२ वर्षकी जया पौडेल काठमाडौंको चाबहिलमा रहेको मेडिकेयर अस्पतालमा ०७८ वैशाख ३१ गते भर्ना भइन्।उपचारका क्रममा जयाको जेठ ५ गते मृत्यु भयो। सरकारसँग निःशुल्क उपचार गर्ने सम्झौता गरेको यो अस्पतालले जयाको परिवारसँग १ लाख ८३ हजार ६५६ रुपैयाँ रकम लियो।देशभरका १० वटा निजी अस्पतालले कोरोना महामारीका समयमा निःशुल्क उपचार गर्ने प्रतिबद्धता गरेका छन्। तर यी अस्पतालले महामारीमा आफूले उपचारका गरेका बिरामीसँग पैसा असुल्ने गरेको पाइएको छ। जुन दोहोरो असुली हो। कोरोना संक्रमितको उपचार नि: