पोखरा र आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध

पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेसन पोइन्टमा छानेरै विद्युत विच्छेद गरेकोले इन्टरनेट सेवा अवरूद्ध भएको हो ।  प्राधिकरणले विद्युत काट्दा इन्टरनेट सेवा प्रदायकहरुको लिंक डाउन हुन गएकोले पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायक संघ...

सम्बन्धित सामग्री

जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ :  इन्टरनेट सेवा प्रदायक

देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटिएको र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था इस्पानले जनाएको छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यालयहरूले विवादित पोल भाडाको निहुँमा देशको विभिन्न भागहरूमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको बताउँदै इस्पानले सो चेतावनी दिएको हो । इन्टरनेट सेवा प्रदायकहरूका घरबेटी समेतको विद्युत् ला

हुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

हुम्लाको सदरमुकाम सिमकोटमा दुईदिनदेखि टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको  छ ।नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट दुईदिनदेखि सञ्चारविहीन भएको हो । सेवा अवरुद्ध भएपछि टेलिफोन र इन्टरनेटका माध्यमबाट...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र  हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।   मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ”, अध्यक्ष छन्त्यालले भने।  त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। 'हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ',अध्यक्ष छन्त्यालले भने।त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन्। धौलागिरि पदमार्गले समेटिए

नेपाल विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ : आईएसपीएएन

काठमाडौं । इन्टर्नेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन)ले नेपाल विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा अवरुद्ध हुन सक्नेतर्फ आफ्ना ग्राहकहरुलाई सचेत गराएको छ । आईएसपीएएनका अध्यक्ष सुधिर पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै भरतपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएमा सोको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिनु पर्ने बताएका हुन् । प्राधिकरणलाई भाडा तिर्न आफूहरु तत्पर रहेको […]

समन्वय नहुँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको पाइप बनाउने क्रममा समन्वय नगर्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहानदेखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नगरपालिकाको वडा नं. ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघि चुहावट भएको पाइप बिहीबार बिहान बनाउने क्रममा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । खानेपानीले पाइप मर्मत […]

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध

हुम्ला। हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। गत शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही समस्यामा परेका हुन्। इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो सञ्चालनमा समेत समस्या देखिएको छ।

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध

हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् ।  इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई बढी समस्या बनाउनुका साथै कारोबारसमेत ठप्प भएको छ । एडिएसएल सेवाको इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो एफएमलाई समेत समस्या बनाएको रेडियो कर्...

डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

डोल्पा : हिमाली जिल्ला डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। सोमबार बिहान ११ बजेदेखि नेपाल टेलिकमको मोबाइल फोन सेवा अवरुद्ध भएको हो। टेलिफोन सेवासँगै एडिएसएल इन्टरनेट सेवा पनि अवरुद्ध छ।सेवा अवरुद्ध हुँदा सर्वसाधरणले सास्ती खेपेका छन्। यस्तै‚ इन्टरनेट सेवा बन्द हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयको नियमित कामकाजमा समस्या आएको बताइएको छ।जुम्लाको मौरे लेकमा राखिएको रिपिटर टावरमा समस्या उत्पन्न भएका जिल्लाका अधिकांश क्षेत्र सञ्चारविहीन भएको बताइएको छ।

चार दिनदेखि फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : अप्टिकल फाइबर काटिदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले मोवाइल फोन, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको नेपाल टेलिकम बैतडीले जनाएको छ।फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं ग्राहक मारमा परेका छन्। फोेन सेवा अवरुद्ध हुँदा सञ्चारविह