विकास निर्माणको गति : ५ महीनामा पूँजीगत खर्च १५ % मात्र

पुस २४, काठमाडौं । चालू आर्थिक वर्षको पाँच महीना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पूँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शुक्रवार आयोजना गरेको विकाससम्बन्धी नीति तथा पूँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएका हुन् ।            कार्यक्रममा भौातिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत र तेस्रो चौमासिकमा बढी खर्च हुने गरेको बताइन्। प्राविधिक जनशक्ति अभाव, विना योजना बजेट छुट्याउनेजस्ता कारणले पनि पूँजीगत खर्च हुन नसकेको उनले बताइन् ।     राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले सार्वजनिक खरीद नियमावली एक वर्षमा चारपटक संशोधन गरेर पनि विकास निर्माण आयोजनाको समस्या समाधान हुन नसक्नु दुःखद् रहेको बताए। १० जना निर्माण व्यवसायीका हातमा दुई तिहाइभन्दा बढी योजना रहने गरेकाले पनि काममा ढिलाइ हुने गरेको उनले सुनाए। विसं २००८ देखि नै पूँजीगत खर्च ८० प्रतिशतभन्दा बढी हुन नसक्नुका कारणको अब खोजी गर्नुपर्ने उपाध्यक्ष पौडेलको विचार थियो ।            सांसद भीम रावलले पूँजीगत खर्च बढाउन ठूला तीन आयोजना लिने निर्माण व्यवसायीलाई अरु नदिने गरी कानून निर्माण गरिनुपर्नेमा जोड दिए। ठेक्का लिनेले अर्कोलाई पेटी दिन नपाउने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । सांसद राधेश्याम अधिकारीले म्याद थपकै विषयलाई लिएर चारपटकसम्म खरीद नियमावली संशोधन गर्दा पनि समस्या समाधान नहुनुको कारण गहिरिएर खोजिनुपर्ने भनाइ राखे । सांसद दीनानाथ शर्माले विगत केही वर्षदेखिका आयोजनाका काम गुणस्तरीयरूपमा हुन नसकेको बताए । पञ्चायतकालमा भन्दा पनि गुणस्तरहीन विकास निर्माणका काम हुनुको कारण खोजी गरिनुपर्ने उनको सुझाव थियो ।            समिति सभापति निरा जैरुले विकास निर्माणका काममा ढिलाइ हुने समस्या जटिल बन्दै गएकाले यससम्बन्धमा सबै सरोकार भएका निकाय र व्यक्तिलाई राखेर फेरि अर्को छलफल कार्यक्रम राखिने जानकारी गराइन्। विकास निर्माणको गति सुस्त हुँदा समस्या बढ्न थालेकाले समाधानमा समिति लागेको उनले सुनाइन्।            भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले १० ओटा यन्त्र देखाएर एउटै निर्माण व्यवसायीले १५५ ओटासम्म ठेक्का लिएपछि काम नहुने गरेको अनुभव सुनाए। निर्माण क्षेत्रका यस्ता समस्याले गर्दा पनि पूँजीगत खर्च बढ्न नसकेको उनको भनाइ थियो ।            आयोगका सचिव केवलप्रसाद भण्डारीले खरीद नियमावलीका समस्या समाधान गर्न ११औं संशोधन हाल मन्त्रिपरिषद्मा पुगेको बताए । ३५ अर्ब रुपैयाँ बजेट हुँदा र डेढ खर्ब पुग्दा पनि उही जनशक्तिका भरमा काम गर्नुपरेको सचिव भण्डारीले सुनाए ।            शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले मन्त्रालयले हालसम्म १३ प्रतिशत खर्च गरेको जानकारी गराए । विगत वर्षमा ४० लाख रुपैयाँसम्मका योजना उपभोक्ता समितिमार्फत् गर्ने गरिएकामा कामको गुणस्तरलगायत विषयमा गुनासो आएपछि यस वर्षदेखि सबै योजना ठेक्का प्रक्रियाबाट गरिएको उनले बताए।            अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको सहजीकरणसम्बन्धी विधेयकको मस्यौदा भइरहेकाले त्यो आएपछि धेरै समस्या समाधान हुन सक्ने बताए । रासस

सम्बन्धित सामग्री

सिन्धुलीमा विकास निर्माणको पूँजीगत खर्च कम

सिन्धुली । सिन्धुलीमा विकास निर्माणको पूँजीगत खर्च विगतका वर्षको तुलनामा अत्यन्त कम रहेको देखिएको छ । दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको जिल्लाका स्थानीय तहहरुको विकास निर्माण सम्बन्धी पूँजीगत खर्च अत्यन्त कम रहेको एक तथ्यांकले देखाएको हाे । चालू आर्थिक वर्ष २०७९०/८०को दोश्रो चौमासिक सकिन लाग्दा समेत जिल्लाका स्थानीय तहहरुले यस वर्षका लागि निर्धारित […]

आव सकिन दुई दिन बाँकी, पूँजीगत खर्च बल्ल दुई खर्ब नाघ्यो

३१ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ समाप्त हुन अन्तिम दुई दिन बाँकी रहँदा पूँजीगत खर्च बल्ल २ खर्ब नाघेको छ । जब की सरकारले यो वर्ष झण्डै ४ खर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य लिएको थियो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बिहीबारसम्म २ खर्ब ६ अर्ब ३६ करोड रुपैयाँ बराबरको पूँजीगत खर्च […]

नौ खर्ब ८४ अर्ब खर्च हुँदा पूँजीगत खर्च ३४ प्रतिशत मात्र

– रमेश लम्साल, हरेक वर्ष सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पूँजीगत खर्च बढाउने विषयलाई प्राथमिकतामा राखेको हुन्छ । विशेषगरी बजेट बनाउने अर्थ मन्त्रालयको हरेक दिनकै चासो विकास निर्माणको काम प्रभावकारी होओस् भन्ने नै रहन्छ । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर नियमित बैठक एवं छलफल पनि हुन्छ । समस्याको पहिचान र समाधानका […]

नौ खर्ब ८४ अर्ब खर्च हुँदा पूँजीगत खर्च ३४ प्रतिशत मात्र

हरेक वर्ष सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा पूँजीगत खर्च बढाउने विषयलाई प्राथमिकतामा राखेको हुन्छ। विशेषगरी बजेट बनाउने अर्थ मन्त्रालयको हरेक दिनकै चासो विकास निर्माणको काम प्रभावकारी होओस् भन्ने नै रहन्छ। सम्बन्धित मन्त्रालयका मन्त्री र सच...

पूँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरुलाई पूँजीगत खर्च बढाउन निर्देशन दिएकी छन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे समेत जानकारी लिएकी हुन्  ।मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चबाट सन्तुष्ट हुनसकिने ठाउँ नरहेको बताउँदै काम चुस्त र दुरुस्त बनाउन तथा देखिने गरी काम गर्न निर्देशन दिइन् । बारम्बार निर्देशन दिँदा पनि पूँजीगत खर्चमा खासै प्रगति नभएको बताउँदै उनले भनिन्, ‘हामीले बारम्बार छलफल सल्लाह गर्छौ

पूँजीगत खर्च बढाउनु मेरो पहिलो प्राथमिकता – प्रजिअ परियार

सिमकोट – पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी सीता परियारले जिल्लामा पूँजीगत खर्च बढाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन्। जिल्लाका सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले आफ्नो कार्ययोजना सुनाएकी हुन्। जिल्लाका विकासे कार्यालय प्रमुखसँगको भेटमा समेत प्रमुख जिल्ला अधिकारी परियारले पूँजीगत खर्च कसरी वृद्धि गर्न सकिन्छ त्यसतर्फ सोच्न निर्देशन दिएकी थिइन्। पूँजीगत खर्च वृद्धि नभई विकास निर्माणको […]

पूँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

न्युज अफ नेपाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूँजीगत खर्च बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आज मन्त्री पौडेलले सो निर्देशन दिनुभएको हो । मन्त्रालयको पूँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पूँजीगत खर्च बढाउन विभाग र […]

‘पूँजीगत खर्च बढाउन विकासको मोडलमै परिवर्तन गर्नुपर्छ’

पूँजीगत खर्च हुन नसक्दा यसले अर्थतन्त्रमा समस्या पारेको बारेमा हामीलाई अवगत नै छ । समयमा बजेट खर्च हुन नसक्नु दुर्भाग्य हो । प्रतिनिधिसभाको विकास समितिमा पूँजीगत खर्चका विषयमा धेरै छलफल भएका छन् । संसदीय समितिको सभापतिको हिसाबले मैले सरकारका मन्त्री, अधिकारहरूसँग यसबारे चासो राख्ने गरेकी छु । तर, पूँजीगत खर्चको समस्या आजको नयाँ नभएर यो […]

विकास निर्माणको गति : ५ महीनामा पूँजीगत खर्च १५ प्रतिशत मात्र

चालू आर्थिक वर्षको पाँच महीना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पूँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शुक्रवार आयोजना गरेको विकाससम्बन्धी नीति तथा पूँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएका हुन् ।      कार्यक्रममा भौातिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत...

पाँच महिनामा पूँजीगत खर्च १५ प्रतिशतमात्र

चालु आर्थिक वर्षको पाँच महिना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पूँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले आज आयोजना गरेको विकाससम्बन्धी नीति तथा पूँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएका हुन् । कार्यक्रममा भौातिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत र तेस्रो चौमासिकमा बढी खर्च ह...