पुसमा तरलतामा थप चाप पर्ने

काठमाडौं । आगामी पुस महीनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् । पुसलाई कर तिर्ने महीनाका रूपमा पनि लिइन्छ । यस महीनामा उद्योगी, व्यापारी तथा स्वयम बैंक वित्तीय संस्थाहरूले नै ठूलो रकम करबापत सरकारलाई भुक्तानी गर्छन्, फलस्वरूप पुसमा तरलता अभाव थप बढ्ने बैंकहरूको अनुमान छ । सरकारलाई कर तिर्दैमा तरलता अभाव हुने भन्ने त होइन । तर, यसपालि आर्थिक वर्षको शुरू अर्थात् साउनदेखि नै तरलता अभाव भइरहेको छ । तत्काल निक्षेप आउने स्रोत पनि कुनै छैन । त्यो अवस्थामा बैंकिङ प्रणालीबाट अर्बाैं रुपैयाँ सरकारी खातामा जाँदा तरलतामा थप चाप पर्ने बैंकहरूको अनुमान छ । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले पुस महीना तरलतामा थप चाप पर्न सक्ने बताए । ‘पुस कर तिर्ने समय पनि हो । यो बेला उद्योगी व्यापारीलगायत करदाता मात्र नभएर, बैंकिङ क्षेत्रले पनि ठूलो रकम करबापत सरकारलाई भुक्तानी गर्छ,’ उनले भने, ‘तर, तत्काल निक्षेप आउने ठोस स्रोत कुनै छैन । फलस्वरूप पुसमा तरलतामा थप चाप पर्ने अनुमान गरिएको छ ।’ पुसमा तरलताको चाप पर्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरू यतिबेला त्यसको समाधानका लागि दौडधुप गरिरहेका छन् । नेपाल बैंकर्स संघले नै यस विषयमा नेतृत्व गरिरहेको छ । नेपाल बैंकर्स संघको शुक्रवार पूर्ण बैठक भएको थियो, उक्त बैंकले ठोस निर्णय त गरेको छैन । तर, यस परिस्थितिमा के कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको उपाध्यायले बताए । बैंठकमा वर्तमान परिस्थितिका विषयमा विकास बैंक र फाइनान्स कम्पनीका सीईओहरूसँग पनि छलफल गर्ने निर्णय भएको उनले बताए । ‘वर्तमान परिस्थितिमा के कसरी अगाडि बढ्ने भन्ने विषयमा विकास बैंक र फाइनान्स कम्पनीका सीर्ईओ तथा उनीहरूको एशोसिएशनसँग छलफल गर्ने निर्णय भएको छ । अब उनीहरूसँग तत्काल नै छलफल अगाडि बढाउँछौं,’ उनले भने, ‘सोही छलफलको आधारमा वर्तमान परिस्थितिमा के कसरी अगाडि बढ्ने भनेर उपयुक्त निर्णय गर्नेछौं ।’ छलफल तरलता अभावको समाधान र ब्याजदर कसरी निर्धारण गर्ने सम्बन्धमा केन्द्रित हुने उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक महीनाको १ गतेदेखि लागू हुने गरेर निक्षेप तथा कर्जाका लागि नयाँ ब्याजदर निर्धारण गर्न पाउँछन् । अन्य समयमा भने बैंकहरूले नयाँ ब्याजदर लागू गर्न पाउँदैनन् । तसर्थ, पुस महीना नजिकिँदै गर्दा अहिले बैंकहरू नयाँ ब्याजदर के कसरी निर्धारण गर्ने भनेर छलफलमा जुटेका छन् । तरलता अभाव हुन थालेपछि गत असोजदेखि नै बैंकहरूले निक्षेपको ब्याजदर बढाउँदै आएका छन् । तर, निक्षेप संकलनमा सुधार नआएपछि पुस महीनामा ब्याजदर बढाउने कि नबढाउने भन्ने विषयमा बैंकहरू अलमलमा छन । ब्याजदर बढाउनुभन्दा तरलता बढाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुपर्ने उनीहरूको तर्क छ । ‘ब्याजदर बढाउँदैमा निक्षेप बढ्छ भन्ने होइन । ब्याजदर बढाउँदा पनि निक्षेपमा सुधार आएन । त्यसैले अधिकांश बैंकहरू ब्याजदर बढाउने पक्षमा छैनन्,’ अध्यक्ष उपाध्यायले भने । पुस १ गतेभित्र नै ब्याजदर टुंगो लगाइसक्नुपर्ने भएकाले यस मामलामा ढिलाइ नगरिने उनले बताए । साथै, तरलता अभावको समाधानका लागि पनि छलफल गरिने उनको भनाइ छ । बैंकिङ तरलताको ठूलो स्रोत सरकारी खर्च हो । तर, चालू आवमा सरकारी खर्च न्यून छ । फलस्वरूप बैंकिङ क्षेत्रमा तरलता आउन सकेको छैन । साथै, तरलताको अर्काे ठूलो स्रोत मानिने विप्रेषण आप्रवाह घटेको छ । यी यसरी अहिले बैंकिङ क्षेत्रमा निक्षेप बढ्न सकेको छैन । त्यसमाथि अहिले बैंकहरूले पनि उच्च मात्रामा नै कर्जा प्रवाह गरेका छन् । फलस्वरूप बैंकिङ क्षेत्रमा चालू आवको शुरूदेखि नै तरलता अभावको समस्या हुँदै आएको छ । झन्डै ५ महीना बित्तिसक्दा पनि त्यसको समाधान हुन सकेको छैन ।

सम्बन्धित सामग्री

पृथ्वी जयन्ती बनाउन २७ पुसमा सार्वजनिक बिदा

सरकारले पृथ्वी जयन्ती मनाउन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।  प्रधानमन्त्रीलाई...

२७ पुसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

२५ पुस, काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार […]

नुवाकोटको विदुरमा २७ पुसमा सार्वजनिक बिदा

२१ पुस, काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिएको छ । १७ पुसमा बसेको कार्यपालिका बैठकले २७ पुसमा एकीकरण दिवस मनाउने भन्दै सार्वजनिक बिदा मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालका अनुसार बिदाको दिन नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द हुनेछन् ।

कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने

२० पुस, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२६ पुसमा प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको […]

संघीय संसद् सचिवालयद्वारा २२ पुसमा सर्वदलीय बैठक आह्वान

संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्

१५ पुसमा कौसिद

काठमाडौं । बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘कौसिद’ आगामी १५ पुसमा रिलिज हुने भएको छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको फिल्ममा कुमार भास्करको निर्देशन छ । फिल्ममा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता केदार भुसाल […] The post १५ पुसमा कौसिद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय सभा बैठक २५  पुसमा बस्ने

राष्ट्रिय सभाको बैठक २५ पुसमा बस्ने भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले मंगलबार सूचना निकाली २५ पुस दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका हुन् । यसअघि ५ पुसमा बसेको बैठकले अर्को सूचना जारी बैठकको मिति र समय पछि तोक्ने उल्लेख गरेकाले सोहीअनुसार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ पुसमा बैठक बस्ने गरी मिति तोकेका हुन् ।संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । जसले गर्दा संसद् बैठक प्रभावकारी बन्न सकेको छैन ।

पुसमा पनि सरकारको आम्दानी कमजोर

काठमाडौं । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महिनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पुसमा १ खर्ब ३५ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २४ अर्बमात्रै उठाउन सकेको देखिन्छ ।... The post पुसमा पनि सरकारको आम्दानी कमजोर appeared first on Purbeli News.

पुसमा पनि सरकारको आम्दानी कमजोर

काठमाडौं । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महिनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन ।महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पुसमा १ खर्ब ३५ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २४ अर्बमात्रै उठाउन सकेको देखिन्छ । गैरकरतर्फ शिक्षण, पर्यटन, सेवा शुल्कतर्फ पनि कम असुलीमा अझै सुधार नदेखिएको महालेखाका अधिकारीहरू बताउँछन् ।७२ अर्ब राजस्व संकलनको लक्ष्य पुस महीना