काठमाडौं ।राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गर्नुभएको छ । शुक्रवार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बसेको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित राजनीतिक दलहरुबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसबाट आनन्दप्रसाद ढुंगाना, नेकपा एमालेबाट गोपालप्रसाद भट्टराई […]