भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख भन्दा बढी

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ८६ हजार ७०९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २५६ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार ९९४ जना पुगेको छ।मन्त्रालयको पछिल्लो विवरणमा ९८ लाख ८३ हजार ४६१ व्यक्ति सङ्क्रमणमुक्त भएको देख