ब्याजदर घटाउने नीति लिँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अवलम्बन गर्ने भएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चापलाई न्यून गर्न केन्द्रीय बैंकले अघिल्लो वर्षदेखि नै मागमा संकुचन ल्याउने गरी ब्याजदर वृद्धिको नीति लिँदै...

सम्बन्धित सामग्री

राष्ट्र बैंकलाई देखाएर भूमिकाबाट भाग्दैछन् अर्थमन्त्री

२७ वैशाख, काठमाडौं । मंगलबार राष्ट्रियसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा मुख्य दुई समस्या रहेको औंल्याए । पहिलो, पूँजीगत खर्च धेरै हुन नसक्नु र दोस्रो, बैंकको ब्याजदर बढी हुनु । बजेटको सिद्धान्त र छलफलमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पूँजीगत खर्च सरकारले बढाउने र बैंकको ब्याजदर घटाउने काम भने नेपाल राष्ट्र बैकको रहेको बताए […]

अभियान सम्पादकीय: सम्भव छ एकल अंकमा कर्जाको ब्याजदर

निजीक्षेत्रले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई भेटेर कर्जाको ब्याजदर एकल अंकमा झार्न माग गर्दै आएका छन् । कैयन्ले कर्जाको ब्याजदर एकल अंकमा सम्भव छैन भन्ने तर्क गरिरहेका छन् । तर, गम्भीरतापूर्वक काम गर्ने हो भने कर्जामा एकल अंकको ब्याजदर सम्भव छ ।  अहिले नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदरबीचको अन्तर अर्थात् स्प्रेडदर झन्डै ४ प्रतिशत राखेको छ । उसले नियामकीय हस्तक्षेप गरेर निक्षेपमा ५ प्रतिशत ब्याजदर कायम गरेर कर्जाको ब्याजदर ९ प्रतिशतमा झार्न सक्छ । यसले उद्योगी व्यवसायीको माग त पूरा हुन्छ तर के यसले अर्थतन्त्र र बैंकिङ क्षेत्रलाई जोगाउँछ त ? पक्कै पनि यो व्यावहारिक हुँदैन ।  कर्जाको ब्याजदर एकल अंकमा ल्याउनुमात्रै अर्थतन्त्रको अचूक औषधि होइन । यदि राष्ट्र बैंक समस्याको दिगो समाधान चाहन्छ भने बढी ब्याजदरका कारण साँचिकै समस्यामा परेका क्षेत्र कुन कुन हुन् पत्ता लगाउनुपर्छ । अत्यधिक पूँजी भएका अर्थात् बढी ऋणमा सञ्चालनमा आएका र भर्खर स्थापित उद्योगलाई बढी ब्याजदरले समस्यामा पार्छ । उनीहरूको कर्जा ठूलो हुने हुँदा बढी ब्याज तिर्नुपर्दा मर्कामा पर्छन् । यस्ता उद्योगमा कुल सञ्चालन खर्चमा ब्याजको अनुपात धेरै हुन्छ । तर, ठूलो कर्जा नभएका उद्योगलाई भने ब्याजदरले हाहाकार नै हुने गरी समस्या पर्दैन । हरेक उद्योगको प्रकृति फरकफरक हुन्छ । त्यसअनुसार ब्याजदरले असर पारेको हुन्छ । ब्याजदरले पारेको असरबारे पर्याप्त अध्ययन नगरी आदेशका भरमा पनि ब्याजदर घटाउन सकिन्छ । तर, यसले समस्याको सम्बोधन भन्दा पनि त्यसलाई चर्काउने सम्भावना बढी हुन्छ । निक्षेपमा ब्याज घटाउँदा पैसा पलायन हुने सम्भावना बढी हुन्छ । नेपालको दाँजोमा भारतमा बढी ब्याजदर हुँदा यस्तो हुन सक्छ । त्यसैले निक्षेपको ब्याजदर नघटाई कर्जाको ब्याजदर घटाउने उपाय खोजी गर्नुपर्छ ।  तर, निक्षेपको ब्याजदर बढी राखिराख्ने हो भने निक्षेप र कर्जामा समान ब्याजदर लगाउनुपर्ने हुन्छ । के यो सम्भव छ त ? हो, स्प्रेडदर शून्य गरेर यसो गर्न सकिन्छ । तर, बैंकले नाफा कमाउने कसरी ? बैंकले पनि नाफा त कमाउन आवश्यक हुन्छ, त्यसका लागि बाटो खोलिदिनुपर्छ ।  निक्षेपको ब्याजदर यथावत् राखेर कर्जाको ब्याजदर घटाउने हो भने बैंकहरूले ब्याजबाहेकको आम्दानीको बाटो खोज्नुपर्छ । यसका लागि राष्ट्र बैंकले कोरबैंकिङ व्यवसायका साथै अन्य व्यवसाय अर्थात् ननफन्डेड व्यवसाय गर्ने बाटो खोलिदिनुपर्छ । बैंक ग्यारेन्टी र डिस्काउन्ट यस्तै व्यवसाय हुन् । अहिले सरकारी ट्रेजरी बिलमा मात्र यस्तो व्यवसाय गरिरहेको पाइन्छ । अब ट्रेड बिलमा (एउटा व्यावसायिक फर्मले अर्काे व्यावसायिक फर्मको नाम जारी गरेको) पनि यस्तो व्यवसाय गर्न दिनुपर्छ । रियल इस्टेट धितोमा आधारित कर्जा प्रवाह गरिरहेका बैंकहरूलाई यस्तो सेवा गर्न दिँदा उनीहरूको जोखिम भने पक्कै बढ्छ । त्यो जोखिमको व्यवस्थापन गर्ने काम बैंककै हो । ट्रेड बिलमा डिस्काउन्ट सेवा दिँदा पनि बैंकहरूलाई निक्षेप आवश्यक पर्छ । यस प्रसंगमा विचार गर्नुपर्ने अर्को कुरा के छ भने नेपालमा निजीक्षेत्रको बैंकिङ यात्रा ४ दशक पुग्न लागिसकेको छ । यस अवधिमा बैंकिङ उद्योग परिपक्व बनिसक्नुपर्ने हो । यदि बनेका छैनन् र समस्यामा पर्छन् भने अक्षम बैंकहरूलाई समस्यामा पर्न दिनुपर्छ । कुनै बैंक समस्यामा पर्छ भने त्यो बैंककै कमजोरी हो । तर, अहिलेको व्यवस्थाले चाहिँ कमजोर बैंकलाई पनि संरक्षण गरिरहेको छ । यसले बैंकिङ उद्योगमा कुशलता प्रदान गर्न सहयोग गर्दैन ।  बैंकहरूमा साना निक्षेपकर्ताको निक्षेपको बीमा गरी सुरक्षण प्रदान गरिएको छ । यस्ता निक्षेपकर्ताको संरक्षण गर्नु सरकारको दायित्व पनि हो । तर, ठूला निक्षेपकर्ता व्यक्तिगत वा संस्थागत जे भए पनि जोखिमको विश्लेषण गर्न सक्ने हुन्छन् । टाट पल्टिने खालको बैंकमा तिनले निक्षेप नै राख्दैनन् । राखे पनि आफै डुब्छन्, त्यस्तालाई डुब्न दिनुपर्छ । राष्ट्र बैंकले ब्याजदर बजारलाई छाडिदिने एकोहोरो रटान लगाउने गरेको छ । बजारअनुसार भनेर उसले भूmटो बोलिरहेको छ किनभने उसले प्रत्यक्ष/अप्रत्यक्ष कुनै न कुनै रूपमा बजारमा हस्तक्षेप गरिरहेको छ । बैंकलाई गलत काम गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकले बाध्यसमेत पारिरहेको छ भन्न सकिन्छ । त्यसैले ब्याजदरको किचलो समाधानका लागि प्रणालीगत संरचनामा सूक्ष्म रूपमा अध्ययन गर्नु अहिलेको आवश्यकता हो ।  #economy #banking #abhiyandaily #aarthikabhiyan #newbusinessage #editorial #nrb

राष्ट्र बैंकमाथि हस्तक्षेप

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलन गरेर मुलुकको आर्थिक स्थिति सुधारोन्मुख भएको बताएका छन् । वित्तीय विवरणको तथ्यलाई जानकारी दिन पत्रकार सम्मेलन गर्ने प्रचलन थिएन तर मंगलवार पत्रकार सम्मेलन गरियो । मौद्रिक नीतिको त्रैमासिक समीक्षा नजिकै आएका बेला यसरी पत्रकार सम्मेलन गर्नुले सरकार र राष्ट्र बैंकबीच केही खटपट छ भन्ने देखाउँछ । त्यसमा पनि अघिल्लो दिन प्रधानमन्त्रीसँग भेटघाट भएको थियो भने प्रधानमन्त्री तथा अर्थमन्त्री दुवैले ब्याजदर घटाउने बताइरहेका छन् । व्यवसायीहरूलाई प्रधानमन्त्री र अर्थमन्त्री दुवैले ब्याजदर घटाउन आश्वासन दिएको समाचार सार्वजनिक भएको छ । यसको अर्थ सरकारले गभर्नरलाई यसमा दबाब दिएको हो भन्ने देखिन्छ । दबाबको जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो भन्ने स्पष्ट संकेत मिल्छ । उनले अर्थतन्त्र सुधारका लागि ब्याजदर घटाउनुमात्र कारण हुन नसक्ने बताएका छन् । सरकारले आर्थिक सूचक सकारात्मक भए पनि कर्जाको ब्याजदर बढी भएर समस्या भएको बताएको छ । अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक रहेकोमा सरकार र राष्ट्र बैंकको भनाइ समान रहे पनि ब्याजदरका विषयमा भने फरक धारणा सार्वजनिक भएका छन् । त्यही विमति सार्वजनिक गर्नु पत्रकार सम्मेलनले आन्तर्य भएको अनुमान गर्न सकिन्छ । आर्थिक नीतिको व्यवस्थापन सरकारले गर्ने हो भने बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिको व्यवस्थापनको जिम्मा राष्ट्र बैंकको हो । यो जिम्मेवारी पूरा गर्न सरकारले राष्ट्र बैंक र गभर्नरलाई छाडिदिनुपर्छ, सरकारले हस्तक्षेप गर्नु हुँदैन । तर, नेपालमा राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको मातहतको निकायजस्तो गरिन्छ । यो केन्द्रीय बैंकको मान्यताविपरीत छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयकै मातहत हुने गरी केही कानूनी प्रावधान राखिएका छन् जुन गलत हो । यो स्वतन्त्र निकाय हो र गभर्नरले स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्छ । त्यसमा पनि ब्याजदरजस्तो बजारले तय गर्ने विषयमा सरकारले हस्तक्षेप गर्नु राष्ट्र बैंकको स्वायत्तता माथि हस्तक्षेप हो । यसले अर्थतन्त्रलाई राम्रो गर्दैन । त्यसैले अहिलेको आवश्यकता जसको जे जिम्मेवारी र दायित्व तोकिएको हुन्छ सोही अनुसार काम गर्ने बेला हो । आफ्नो जिम्मेवारी पूरा नगर्ने तर अरूको काममा चासो दिने प्रवृत्तिले निकासको साटो समस्या निम्त्याउँछ ।

अर्थतन्त्र कै चिन्ता

नेपालको अर्थतन्त्र भनेकै घरजग्गा र शेयरबजार जस्तो भएको छ । त्यसैले बजेट र मौद्रिक नीतिको कुरा हुँदा यी क्षेत्रकै बारेमा कुरा बढी हुन्छ । शेयरबजार र घरजग्गा कारोबार चलायमान बनाउने गरी नीति लिँदा बजारमा ≈वात्तै माग बढ्ने र त्यसले अर्थतन्त्रमा फेरि समस्या आउन सक्ने भए पनि अहिले राष्ट्र बैंक केही महीनाअघिको नीतिबाट विचलित भएको हो कि भन्ने देखिएको छ । यद्यपि मौद्रिक नीतिले घरजग्गा कारोबारमा खुकुलो गरेको देखिँदैन । ब्याजदर र घरजग्गा तथा शेयरबजारको सम्बन्ध देखिन्छ । त्यसैले अहिले ब्याज बढी भएकाले यी दुवै क्षेत्र सुस्ताएका छन् । व्यवसायीहरू ब्याजदर घटाउने तीव्र लबिङमा लागेका छन् । त्यसैको परिणति अहिले केही घटेको पनि छ । बजारमा तरलता सहज हुँदै गएसँगै ब्याजदर पनि घट्न थालेको हुन सक्छ । आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएर राष्ट्र बैंकले आयातको लागत घटाउने प्रयास गरेको थियो तर अहिले त्यसमा निकै लचकता अपनाएको छ । तर, ब्याजदरमा हस्तक्षेप गर्न निजीक्षेत्रले गरेको मागलाई भने सम्बोधन गरेको देखिँदैन ।   पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पूँजी हुँदा समेत कर्जा लगानी भइरहेको छैन । केन्द्रीय बैंकले लिएको कर्जा विस्तारको लक्ष्यभन्दा निकै कम मात्रै ऋण लगानी भइरहेको छ । साथै निक्षेप संकलनभन्दा कर्जा लगानी कम हुँदा बैंक वित्तीय संस्थासँग अहिले अधिक तरलताको अवस्था देखिएको छ । बैंक वित्तीय संस्थाको ब्याजदर महँगो हुनुको साथै सहजै बैंकिङ प्रणालीबाट कर्जा नमिल्दा बजारमा माग घटेको छ । यसले गर्दा आयात गतवर्षभन्दा २० प्रतिशतले घटेको छ । कर्जा विस्तारमा खासै कडाइ नगरेको राष्ट्र बैंकले सस्तो ब्याजदरमा कर्जा दिन भने मानेको छैन । त्यसो त अर्थमन्त्री र गभर्नरको एउटै आवाज आउने अपेक्षा धेरैको थियो । अघिल्लो सरकारको पालामा यी दुई बीच निकै तिक्तता आउँदा त्यसले अर्थतन्त्र प्रभावित भएको विश्लेषणसमेत भएको थियो । अर्थमन्त्रीले गभर्नरले सहयोग नगरेको बताएका थिए । तर, अहिले भने धेरै कुरा मिलेको देखिन्छ । तैपनि अर्थमन्त्रीले जेजे भन्छन् गभर्नरले त्यही त्यही काम गर्ने भन्ने चाहिँ भएको छैन । श्याम तिवारी कपन, काठमाडौं

उद्योगी व्यवसायी आन्दोलित चुनावपछि ब्याजदर घटाउने गृहकार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रूपमा कर्जाको ब्याजदर वृद्धि गरेको र नियामक निकाय नेपाल राष्ट्र बैंक मुकदर्शक भएको भन्दै उद्योगी व्यवसायीहरू देशव्यापी सडक आन्दोलनमा उत्रिएपछि केन्द्रीय बैंकले ब्याजदरका सन्दर्भमा पुनर्विचार गर्ने गृहकार्य थालेको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार मङ्सिर ४ गतेको निर्वाचनपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ब्याजदरका […]

चुनावपछि ब्याजदर घटाउने गृहकार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रूपमा कर्जाको ब्याजदर वृद्धि गरेको र नियामक निकाय नेपाल राष्ट्र बैंक मुकदर्शक भएको भन्दै उद्योगी व्यवसायीहरू देशव्यापी सडक आन्दोलनमा उत्रिएपछि केन्द्रीय बैंकले ब्याजदरका सन्दर्भमा पुनर्बिचार गर्ने गृहकार्य थालेको छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार मंसिर ४ गतेको निर्वाचनपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ब्याजदरका […]

ब्याजदर नघटाए आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी

पोखरा – बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी पोखराका होटल व्यवसायीले दिएका छन् । वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर घटाउने काम गरिएन भने व्यवसायीले राष्ट्र बैंक र अर्थमन्त्रालयमा धर्ना दिनाका साथै तालाबन्दी गर्ने चेतावनी व्यवसायीले दिएका छन् । होटल सङ्घ पोखरा नेपालले शुक्रबार यहाँ पत्रकार भेटघाट कार्यक्रम […]

बैंकर भन्छन् – असोजयता ब्याज घट्दैन, राष्ट्र बैंक भन्छ – तत्कालै घट्नुपर्छ

काठमाडौं – गएको असार २७ गते मौद्रिक नीति घोषणा भएपछि नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रबहादुर ढुंगानाले बैंकको ब्याजदर चाँडै नै डेढदेखि २ प्रतिशतसम्म घट्न सक्ने बताउनुभएको थियो । मौद्रिक नीतिपछि उत्साहित हुँदै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि बैंकहरुले ब्याजदर घटाउने र उद्योगी व्यवसायील...