ओलीको निर्वाचन क्षेत्रमा ‘भ्यू टावर’ : न उपयोगिता, नत समयमै बन्न सक्यो

दमक । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत झापाको दमकमा ‘भ्यू टावर’ निर्माणमा चासो देखाए । समथल उक्त क्षेत्रमा भ्यू टावरको उपयोगिता नरहने भन्दै सरोकारवालाले उक्त रकम विकास निर्माणमा प्रयोग गर्न सुझाएका थिए । तर भ्यू टावर नै निर्माण गर्ने हुटहुटी देखाइए पनि निर्माण सम्पन्न हुने समय सकिन लाग्दा समेत निर्माणको काम ५० प्रतिशत मात्र पूरा भएको छ ।भ्यू टावर निर्माणको काम २०७६ साउन महिनाबाट सुरू भएको थियो भने यही पुस मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता छ । संघी