रानीपोखरी पुनर्निर्माण प्राधिकरणबाट काठमाडौं महानगरपालिकाको स्वामित्वमा हस्तान्तरण

रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरीको स्वामित्व काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । बिहीवार रानीपोखरी परिसरमै एक कार्यक्रमको आयोजना गरी प्राधिकरणले स्वामित्व महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।  स्वामित्व हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैंले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमै राष्ट्...