‘आरन चलाएर दुई छोरा, एक छोरीकाे पढाइ उतारेँ’

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाका मिठु विश्वकर्माले आरन पेसा शुरु गर्नुभएको ३५ वर्षभन्दा बढी भइसक्यो । घरसँगै जोडिएको जस्ताको छाना भएको साँघुरो कोठामा आरन व्यवसाय सञ्चालन गर्नुभएका विश्वकर्माको समय दैनिक १२ घण्टा त्यहीँ आरनमा बित्छ ।हरेक बिहान ग्राहकको मागअनुसारका कृषि सामग्री निर्माण गर्नु उहाँको दिनचर्या बनेको छ । कुटो, कोदालो, हँसिया, खुर्पा मात्र नभएर ग्रामीण क्षेत्रमा आवश्यक पर्ने धेरैजसो फलामका सामानहरू विश्वकर्मा आफैँले तयार पार्नुहुन्छ । फलाम तथा तामाका भाँडाकुँडा बनाउन परे वरपरका छरछिमेक ...