जलवायुको दृष्टिले संवेदनशील मुलुकहरूमध्ये नेपाल पनि एक हो। अनियमित वर्षा, हिमताल विस्फोटन, हिमपहिरो, अप्रत्याशित बाढीजस्ता द्रुत र धिमा दुवै प्रकारका जलवायुजन्य विपत्तिको संख्या र गहनता पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। यी घटनाले भौतिक सम्पत्तिमा मात्र क्षति पुर्याएको छैन, समुदायस्तरमा जीविकोपार्जन प्रणाली, सामाजिक संरचना, सांस्कृतिक अभ्यास र समग्र अर्थतन्त्रमा गहिरो आघात पुर्याइरहेका छन्। जलवायु परिवर्तनका कारण […]