चालु आर्थिक वर्षको आधा समयसम्म पुँजीगत खर्च पाँच वर्षयताकै न्यून, १२.२७ प्रतिशत मात्रै खर्च

चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय सकिँदा पुँजीगत बजेट खर्च पाँच वर्षयताकै न्यून स्तरमा पुगेको छ। पुससम्म वार्षिक बजेटको जम्मा १२.२७ प्रतिशत मात्रै खर्च भएको छ। चालु आवको पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार पुससम्म ४९ अर्ब ४२ करोड रुपैयाँ मात्र खर्च भएको छ। यो […]