निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले हाल निजी विद्यालयहरूको भर्ना प्रक्रियाबारे उठेका प्रश्नहरूबारे स्पष्ट पार्दै प्रक्रिया व्यवस्थित र व्यावहारिक ढंगले अघि बढाउनुपर्ने बताएका छन् । उनले निजी विद्यालयहरूमा अहिले भर्ना खुला नगर्न भन्ने किसिमका सूचनाहरू आएको स्वीकार गर्दै पनि सबै विद्यालयहरू भर्ना प्रक्रियामा संलग्न भइसकेका अवस्था नरहेको उल्लेख गरे । […]