ग्लोबल आइएमई बैंकसहित तीन संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, २१ प्रतिशतसम्म प्रस्ताव

नेपाल ल्युब आयल लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। तीनै कम्पनीले असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसअनुसार आजसम्म कायम योग्य सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै सम्बन्धित कम्पनीको साधारणसभामा सहभागी हुन पाउनेछन्। नेपाल ल्युब आयलले आर्थिक वर्ष २०८२/८३ […]