काठमाडौँ । नेपालमा पठन संस्कृति हराउँदै गएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको पुस्तकालय नीति मस्यौदामाथिको छलफलमा सरोकारवालाहरूले पठन संस्कृतिलाई अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन् । छलफलमा सहभागी विज्ञहरूले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थानका रूपमा नभई शिक्षा, सूचना, नागरिक सहभागिता र स्थानीय ज्ञान हस्तान्तरणको केन्द्रका रूपमा […]