लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस प्रिमियर लिगअन्तर्गत एलान रोर्डमा आइतबार राति सम्पन्न खेलमा युनाइटेड लिड्स युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको हो। यस सिजन टोलीको खराब प्रदर्शनका कारण निराश बनेका समर्थकका लागि क्यामरुनका फरवार्ड ब्रायन म्बेउमोको गोल भने केही राहतको विषय बनेको छ। उनले प्रिमियर लिगका पछिल्ला ७ खेलमा ४ गोल […]