काठमाडौँ । लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले ९७ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा २ छक्का […]