जनकपुरधाम – विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी नभइरहेको गुनासो चुलिएका बेला मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय अनुगमन सुरु गरेका छन् । मुख्यमन्त्री सिंहले मंगलबार बिहान धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालय अनुगमन गरी विद्यामान बेथिति तथा विसङ्गति औँल्याउँदै पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूसँग समस्या समाधानका लागि विमर्श गरेका छन् […]