जापानिज इन्सेफ्लाइटिस : यस वर्ष ३५ जनाको मृत्यु‚ उच्च जोखिममा २८ जिल्ला

काठमाडौँ। जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यो वर्ष ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७९ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण भएको थियो। यस वर्ष जापानिज इन्सेफ्लाइटिसका एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए। जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण एकपटक भएपछि अर्कोपटक नभए पनि […]