ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन् । उनले बुधबार राति ९ बजे पत्रकार सम्मेलन आयोजना गरेर औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन् । मन्त्री घिसिङको सचिवालय स्रोतका अनुसार पछिल्लो समय मन्त्रालयसँग जोडिएका नीतिगत निर्णय, राजनीतिक दबाब र आन्तरिक असहजताका कारण उनले पद त्याग्ने निर्णय लिएका हुन् । […]