‘प्रधानमन्त्री नियुक्त गर्दा संविधानमा अलिकति छेडखानी भएको छ’

२३ गते त्यत्रो आन्दोलन भयो, त्यो दिन र भोलिपल्ट जनधनको ठूलो क्षति भयो। सबैतिर भयावह अवस्था थियो, अनि आन्दोलनकारी र दलहरूसँग कुरा गर्नुपर्ने भयो। अब प्रश्न उठ्यो वार्ता कोसँग गर्ने। मैले प्रधानसेनापतिलाई भनेँ, जेन-जीको प्रतिनिधिहरू ‘आइडेन्टिफाइ’ गर्नुहोस्। सेनापतिलाई थाहा थियो उहाँ आफूले वार्ता गर्ने होइन, तर वार्ताको लागि प्रतिनिधि चयनमा उहाँ लाग्नुभयो। पहिला त धेरैको […]