अमेरिकाका राष्ट्रपति जो बाइडनले कार्यकाल सम्हालेको एक वर्ष पनि पूरा नहुँदै उनको लोकप्रियता स्वाट्टै घटेको छ ।
हालैका दिनमा गरिएका विभिन्न सर्वेक्षणमा बाइडनको लोकप्रियतामा ह्रास देखिएको हो । ग्यालप र ग्रिनेल कलेजले सार्वजनिक गरेको सर्वेक्षणमा उनको समर्थक सूचकांक क्रमशः ४२ र ३७ प्रतिशत छ । राष्ट्रपतिको ५० प्रतिशतभन्दा कम समर्थन सूचकांक हुनु भनेको चिन्ताजनक कुरा हो ।
त्यस्तै सीएनबीसीले ८०० जना अमेरिकीमाझ गरेको सर्वेक्षणमा जम्मा ४१ प्रतिशतले बाइडनको समर्थन गरे भने ५२ प्रतिशतले उनको हालसम्मको कार्यकालप्रति असन्तुष्टि ज...