लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन : यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन बस्न लागेको हो ।  प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार सभामा वीरेन्द्रकुमार कानोडीयाले वक्तव्यसहित अविश्वासको प्रस्ताव पेश गर्नेछन् । सो प्रस्तावमाथि छलफल भएपछि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिने कार्यसूची छ ।  यस्तै कानोडीयाले अविश्वासको प्रस्ताव फिर्चा लिन चाहेमा समय दिने र फिर्ता नलिएमा मत विभाजनद्वारा अविश्वासको प्रस्तावलाइ निर्ण...