जनगणना अन्तर्गत घर तथा परिवार सूचीकरणको काम आजदेखि

काठमाण्डाै – जनगणना अन्तर्गत पहिलो चरणको काम आजदेखि सुरु हुँदैछ । १२ औं जनगणनाको पहिलो चरणमा आजदेखि घर तथा परिवार सूचीकरणको काम सुरु हुन लागेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सूचीकरणका लागि देशभर झण्डै ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । यसअघि भर्ना गरिएका सुपरिवेक्षक खटिएका र कतै कतै वैकल्पिक व्यवस्था मिलाएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्याको विवरण भरिनेछ । यसका साथै घरको प्रकार...

सम्बन्धित सामग्री

कर्मकाण्डी मात्र नबनोस् राष्ट्रिय जनगणना

मेरो जनगणना, मेरो सहभागिता भन्ने मूल नारासहित १२औँ राष्ट्रिय जनगणना यही २५ कात्तिकदेखि सुरु भई ९ मंसिरमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । गत ३० भदौदेखि १८ कात्तिकसम्म गरिएको घर तथा...

जनगणना राष्ट्रिय विकासको मेरुदण्ड : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनगरमा आयोजित ‘१२ औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गरे ।जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, “आजदेखि गणकहरु तपाईंहरुको पूर्ण विवरण लिन घर–घरम

राष्ट्रिय जनगणना २०७८ आजदेखि शुरू

राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी...

‘जनगणना-२०७८’ का केही फरक विशेषता

भोलि २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी राष्ट्रिय जनगणना सुरु हुनेछ । राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा भोलिदेखि मंसिर ९ गतेसम्म मूल गणना हुन लागेको हो । घर तथा घरपरिवार सूचीकरणकै आधारमा जनगणना गरिने तथ्याङ्क विभागले जनाएको छ । यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली त...

कालापानी क्षेत्रमा जनगणना ‘असम्भव’, घर-परिवारको सूचीकरण पनि हुन सकेन

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित देशभर १२ औं राष्ट्रिय जनगणना सुरु भइसकेको छ। भदौ ३० देखि असोज १८ सम्म जनगणनाको प्रारम्भिक चरण पनि सकिइसकेको छ। तर नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भने गणकको भौतिक उपस्थितिमा जनगणना असम्भव देखिएको छ। सरकारले गत वर्षमात्र ती भूभाग समेट्दै नक्सा प्रकाशित गरेको थियो। जनगणनाको प्रारम्भिक चरण […]

चुच्चे नक्सामा समेटिएका तीन गाउँमा जनगणना नहुने

भारतीय अतिक्रमणमा परेको दार्चुलाका तीन गाउँमा जनगणना नहुने भएको छ । नेपालको चुच्चे नक्सामा समेटिएका नावी गुञ्जी र कुटीमा जनगणना नहुने भएको हो । अहिले सरकारले जिल्लाका सबै स्थानीय तहमा घर...

राष्ट्रिय जनगणना : मेरा अनुभव र अनुत्तरित प्रश्न

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ बाह्रौं राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरण सञ्चालन भएको छ । यसअन्तर्गत पहिलो चरणमा भदौ ३० देखि असोज १८ सम्म सुपरीवेक्षकद्वारा घर तथा घरपरिवार सूचीकरण फारम मार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घर, परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य संख्या र परिवारको कृषि सम्बन्धी विवरण संकलन कार्य […]

जनगणनाका लागि सुपरिवेक्षक घर–घरमा

राष्ट्रिय जनगणना–२०७८ अनुसार म्याग्दीमा जनगणनाका लागि घर र घरपरिवारको सूचीकरण संकलन सुरु भएको छ । जिल्ला जनगणना कार्यालय म्याग्दीले सुपरिवेक्षकहरूलाई तालिम दिएर भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घरपरिवारको सूचीकरण गर्न स्ुपरिवेक्षकहरू घरदैलोमा खटाएको छ ।जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले भदौ ३० गतेदेखि १८ गतेसम्म सुपरभाइजरहरू घर तथा परिवारको विवरण संकलनका लागि घरदैलोमा […]

राष्ट्रिय जनगणना : सुपरीवेक्षक गाउँगाउँमा परिचालन

बैतडी  : राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना बैतडीमा पनि जारी रहेको छ।  पहिलो चरणको गणनाअन्तर्गत सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम जारी रहेको हो। घर तथा घरपरिवार सूचीकरणका लागि यहाँका गाउँगाउँमा सुपरीवेक्षक खटाइएका जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। सूचीकरणका लागि जिल्लाभरी ८० जना सुपरीवेक्षक परिचालन गरिएका हुन्। असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर, जनगणना घर र जनगणना परिवार संख्या  गणना गर्ने का

१२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु

काठमाडौं । आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु हुने भएको छ । गत बैशाखदेखि शुरु गर्ने तयारी गरिएको जनगणना कोभिडका कारण पछि धकेलिएको थियो । जनगणनको पहिलो चरण अन्तर्गत आज घर तथा परिवार सुचिकरण शुरु गरिदै छ । जसका लागि केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । सुचीकरणमा घरा सदस्यहरुको बिवरण […]