भारत : सवारी चेकिङ गर्न खोज्दा महिला सईको किचेर हत्या, एकजना पक्राउ

भारतको झारखण्डको राजधानी राँचीमा एक महिला प्रहरी अधिकारीलाई मंगलबार राती सवारी चेकिङका बेला किचेर हत्या गरिएको छ ।समाचार एजेन्सी एएनआईका अनुसार सन्ध्या टोपनो सवारीसाधन चेकिङ गरिरहेकी थिइन् र यतिबेला उनले एउटा पिक अप भ्यानलाई रोक्न भनिन् । भ्यानका चालकले रोक्नुको साटो टोपनोमाथि गाडी गुडाइदिए ।सन्ध्या टोपनो तुपुदाना थानामा ओपीको पदमा तैनाथ थिइन् ।राँचीको एसएसपीले दिएको जानकारी अनुसार एक अभियुक्तलाई पक्राउ गरिएको छ ।मंगलबार मात्रै हरियाणाको नुहुमा पनि यस्तै प्रकृतिको एउटा घटना सार्वजनिक भएको थियो ।