लुम्बिनी प्रदेश सभा विशेष अधिवेशन : सत्तापक्षले बहिस्कार गरे पनि बैठक चलाउने तयारी

आज (बुधवार) दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्षले नै बहिस्कार गर्ने संकेत गरेको छ । तर, प्रदेश सभा सचिवालयले सत्तापक्षले संसद् बहिस्कार गरे पनि बैठक सञ्चालन गर्ने तयारी गरेको छ ।  प्रदेश सभा सचिवालयका अनुसार सरकारले आह्वान गरेको अधिवेशन नभई प्रदेश सभाका एक चौथाइ सदस्यले समावेदन गरेर अधिवेशन आह्वान भएको भन्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।  प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले कार्यसूचीअनुसार नै बैठक अगाडि बढ्ने लोकान्तरलाई बताए । अहिले सत्तापक्षले बैठक बहिस्कार गरे के होल...