केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परीक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परीक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परीक्षा हुने बताएको हो ।इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाईमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही जानकारीका आधारमा परीक्षार्थ