घाइते गर्भवतीको हेलिकप्टरबाट उद्धार

घाइते अवस्थामा फेला परेकी पाँच महिने एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। घाइते अवस्थामा भेटिएकी ढकारी गाउँपालिका-७ ढुंगाचाल्ना निवासी ३५ वर्षीया कल्धरी बुढाको थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरबाट उद्धार गरिएको हो।